शुक्लाफाँटामा ग्राबेल सहितको ट्याक्टर प्रहरी नियन्त्रणमा

Bhancha ghar0

कञ्चनपुर- शुक्लाफाँटामा ग्राबेल सहितको ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ । शुक्लाफाँटा नगरपालिका-८ का स्थानीयले शुक्रवार साँझ से १ त ६५५८ र सुपप्र ०२-००१ त १२६५ नम्बरको ग्राबेल सहितको ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। अनौखी खोलाबाट अवैध उत्खनन् गरेको भन्दै स्थानीयले ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

शुक्लाफाँटाका नदी खोलामा अवैद्य रुपमा नदीजन्य पदार्थको चोरी तस्करी बढेको स्थानीयले बताएका छन्। नदीजन्य पदार्थको उत्खननमा नगरपालिकाले रोक लगाएसँगै जरिवाना समेत गर्दै आएको छ । नदीजन्य पदार्थको उत्खनन्का लागि नगरपालिकाले ठेक्का आह्वान गरेको छ ।

Loading...