भ्रष्टाचार विरुद्धमा शून्य सहनशीलको नीति लिएका छौँ : मन्त्री देउवा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन् ।

Ganyapdhura gau

धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यबद्धता र प्रतिबद्धताको आवश्यकता औँल्याए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि सबैमा स्वअनुशासन, सदाचार र नैतिकता आवश्यक छ ।”

Navadurga sun

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले स्वअनुशासनमा बसेर काम गर्न सकिएमा धेरै हदसम्म अनियमितता रोकिने बताउँदै भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रियाबाट सरकारलाई योजना कार्यान्वयनमा सहजीकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

Dadhaldhura pur

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले प्रचलित कानुन विपरीतको काम गर्न कसैलाई पनि छुट नहुने बताए । उनले भने, “आ-आफ्नो काम कर्तव्यप्रति जबाफदेही बन्नसक्नुपर्छ, निस्वार्थ ढङ्गले काम गर्दा कुनैपनि समस्या आउँदैन ।”

कार्यक्रममा उठाइएका जिज्ञासाको जवाफ दिँदै आयुक्त डा पौडेलले बेनामी उजुरीले आयोग पनि पीडित रहेको उल्लेख गरे । उनले थपे, “यस्ता उजुरीलाई पूरै रोक्न सक्ने अवस्था पनि छैन, न्यूनीकरण गर्ने प्रयासमा छौँ ।”

कार्यक्रममा प्रदेशसभाका सदस्य धर्मराज पाठक, गीतादेवी चौधरी र खेमादेवी विष्ट, प्रदेश सरकारका प्रमुख सचिव डा हरि लम्साललगायतले पनि भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका सहभागी विभिन्न कार्यालयका प्रमुखले आयोगमा पर्ने गरेका बेनामी उजुरीले सुशासनमा असर पुर्याइरहेको, कतिपय मुद्दालाई तामेलीमा राख्ने कामले विकासका आयोजनाको थप काम अवरुद्ध हुने गरेको जस्ता समस्या देखिएकाले यसमा सुधार आवश्यक रहेको सुझाव दिए । उनीहरुले झुठा मुद्दा दिने उपर कारबाहीको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव पनि दिएका थिए ।
यस अघि आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख रमेशकुमार केसी र आयोगका सहसचिव ईश्वरीप्रसाद अर्यालले छुट्टा छुट्टै रुपमा प्रस्तुति गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा हालसम्म १ हजार ३ सय ७५ उजुरी दर्ता भएका छन् । जसमा सबै भन्दा बढी जिल्लागत रुपमा कैलाली, कञ्चनपुरका र मन्त्रालयगत रुपमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित रहेको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...