धनगढीमा सहायक प्लम्बर र विल्डिङ ईलेक्ट्रिसियन तालिम ५२ जनाले लिए

धनगढी– धनगढी उप महानगरपालिकामा ५२ जनाले सहायक प्लम्बर र विल्डिङ ईलेक्ट्रिसियन तालिम लिएका छन् ।

धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भएको निः शुल्क ३९० घण्टे सहायक प्लम्बर र विल्डिङ ईलेक्ट्रिसियन तालिममा ५२ जनाले तालिम लिएका हुन् । धनगढीस्थीत फुलवारिमा २०८० भदौ २७ गते देखि सन्चालन भएको तालिम बिहीबार एक समारोह बिच समापन भएको छ।

Malpot office dadeldhura

उक्त तालिममा २५ इलेक्ट्रिक र २७ पल्बिङ गरि ५२ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । तालिम समापन कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, नगर उप-प्रमुख कन्दकला राना वडा न.१८ र १९ का वडा अध्यक्षहरू, नेपाल युथ फाउन्डेसन नेपालका कार्यकारि निर्देशक राजु धमला र कार्यक्रम संयोजक मान बहादुर क्षत्रीको उपस्थितिरहेको थियो । सहभागी प्रशिक्षार्थीलाई कीट र प्रमाणपत्र बितरण गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका रोजगार शाखा प्रमुख चन्द्र बहादुर महराले २०८० पौष २० गते देखि निःशुल्क ५५० घण्टे वेल्डिङ र ३९० घण्टे फर्निचर मेकर तालिम सञ्चालन हुने बताए । सहभागिहरुलाई खाजा, टुल्स, यातायात सुविधा, प्रशिक्षक आवास खाना लगायत ब्यवस्थापनमा दुवै तालिममा ७ लाख ५० हजार खर्च उपमहानगरले बेहोरेको छ ।

तालिम सामाग्री, प्रशिक्षक तलब भत्ता लगायत सम्पुणर् अन्य उपकरण वाफतको खर्च करिव १५ लाख लागत नेपाल युथ फाउन्डेसनले खर्च बेहोरेको छ । निःशुल्क तालिममा ५२ जना मध्ये ४८ जना पुरुष र ४ जना महिला सहभागी रहेका थिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...