कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ कृष्णनगरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ६५ हजार ७ सय ६० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

Bhancha ghar0

उक्त मूल्य बराबरको सुर्ति, तमाखु, चिनी, सोडा, चामल, आन्टि लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ । यस्तै धनगढी उपमहानगरपालिका ३ पुरानो भन्सार रोडबाट अन्दाजी ४९ हजार ५ सय मूल्य बराबरको सिमला मिर्च, हरियो मटर, प्याज, कागती लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चक्कि बजारबाट अन्दाजी ४ हजार २ सय ५० मूल्य बराबरको चिनी बरामद गरिएको छ । बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

Loading...