कञ्चनपुरको बेलौरीमा भारतबाट भित्र्याइदै गरेको उखु बरामद

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ ।

Bhancha ghar0

बुधवार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका-१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टर सहित दुई ट्राली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगिले बताए । उनका अनुसार राति प्रहरी देख्दा चालक भागेका थिए ।

नियन्त्रणमा लिएको ट्याक्टर सहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ। यस अघि पनि बेलौरी प्रहरीले १ ट्राली उखु नियन्त्रणमा लिइ भन्सार कार्यालय पुर्याएको थियो ।

Loading...