बैतडीमा जिप दुर्घटना : मृत्यु हुने संख्या ३ पुग्यो

बैतडी, २० असार– बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा थप घाइते सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

Dadeldhura hospital

यसअघि सो दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको पनि मृत्यु भएको थियो । सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ ।

Loading...