कैलालीको धनगढीमा रात्रिकालीन बजार सहितको उद्यानको डिपिआर तयार

धनगढी- कैलालीको धनगढीमा रात्रिकालीन बजार सहितको उद्यान (पार्क) बन्ने भएको छ । सो उद्यान धनगढी उपमहानगरपालिकाले बनाउन लागेको हो । उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) समेत तयार पारिसकेको छ ।

उपमहानगरपालिकाले धनगढीमा रहेको दशरथ भीम उद्यान (पार्क) मा रात्रिकालीन बजार सहितको उद्यान बनाउन लागेको हो । उपमहानगरको वडा नम्बर १ मा रहेको दशरथ भीम उद्यानलाई स्तरीय तथा आधुनिक शैलीमा निर्माण गर्न डिपीआर तयार भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उद्यानमा पाँच सय युवाले सुरुवाती व्यवसाय (स्र्टाट अफ बिज्नेस) गरेर आय आर्जन गर्न सक्ने छन् । उद्यान निर्माणका लागि ३६ करोड बजेट आवश्यक पर्ने देखिएको छ ।

संघीय सरकारको सहरी विकास कोष तथा नगर विकास कोषको ऋणमा उद्यान निर्माण गर्ने गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ । दुई वर्षमा उद्यान निर्माणको काम पूरा हुने बताइएको छ । उद्यान निर्माण भएको १७ वर्षमा सहरी विकास कोष र नगर विकास कोषको ऋण चुक्ता गरि सकिने छ ।

उद्यानमा जेष्ठ नागरिक पार्क, बालबालिका पार्क, युवा पार्क, म्युजिक फाउन्टेन र लेजर सो हलसहित हुने छन् । उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, भेषभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने बताइएको छ ।

भिडिओ र तस्बिरहरूले सुदूरपश्चिमका सम्पूणर् धार्मिक, सामाजिक धरोहर, पर्यटकीय स्थल, खाना परिकार, भेषभूषा, संस्कृतिहरू चिनाउन महत्वपूणर् भूमिका रहने उपमहानगरपालिकाले दाबी रहेको छ ।

Loading...