लक्ष्मीनारायण मन्दिरमा धनुर्मास व्रत उत्सव, पुस महिनै भरी मनाइने 

धनगढी- धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गते देखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ ।

Bhancha ghar0

व्रत अन्तरगत हरेक दिन बिहान ६ बजे देखि आरती हुँदै आएको छ । व्रत उत्सवको अवसरमा मन्दिरका १००८ स्वामी देवराज आचार्यले सनातन धर्मका विषयमा नित्य प्रवचन दिँदै आएका छन् ।

लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव पुस मसान्त सम्म चल्नेछ । पृथ्वी माता गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्दावनका गोप बालिकाहरुको साथ सम्मिलित भएको सम्झनामा यो उत्सव मनाईने गरेको मन्दिरका स्वामी आचार्यले बताए । उत्सवमा सहभागी सबैलाई हरेक दिन प्रसादको रुपमा खिर र खिचडी खुवाउने गरिन्छ ।

Loading...