धनगढीमा टोपी दिवस मनाइयो

धनगढी- धनगढीमा टोपी दिवस मनाइएको छ । सुदूर नेपाल संस्कृति सेवा समाजले टोपी दिवस मनाएको हो। सोमवार टोपी दिवसको अवसरमा धनगढी ट्राफिक चौराहाबाट प्रभातफेरी निकालिएको थियो ।

Bhancha ghar0

सुदूर नेपाल संस्कृति सेवा समाजले हरेक वर्ष जनवरी १ तारेखका दिन टोपी दिवस मनाउने गरेको छ । दिवसको अवसरमा मुख्यमन्त्री कमल बहादुर शाह, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार झा, धनगढी उपमहानगरपालिकाकी उप-प्रमुख कन्दकला कुमारी राना र धनगढीका वडा अध्यक्षहरूलाई टोपी उपहार दिइएको छ ।

ट्राफिक चौराहबाट सुरू भएको प्रभातफेरी जिल्ला प्रशान कार्यालय हुँदै लक्ष्मीनारायण मन्दिरमा आएर समापन भएको सुदूर नेपाल संस्कृति सेवा समाजका यमनाथ सिग्देलले बताए ।

Loading...