कञ्चनपुरका क्यारिङ्कर्ता गड्डाचौकी भन्सार विरुद्ध आन्दोलित

कञ्चनपुर- कञ्चनपुरका क्यारिङ्कर्ताहरु गड्डाचौकी भन्सार कार्यालय विरुद्ध आन्दोलित भएका छन् । भन्सार कार्यालयले भारतबाट साइकलमा क्यारिङ गरी ल्याउने समानको भन्सार काट्न छोडेपछि क्यारिङ गरी दैनिकी चलाइरहेका करिब ४ सय जना आन्दोलित भएका हुन् ।

Malpot office dadeldhura

सोमबार जिल्लामा सकृय क्यारिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका छन् ।

३० वर्षदेखि भन्सार काटी समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो तीन महिना देखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागीहरुको गुनासो छ ।

गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेको बताए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...