विश्व विद्यालय वा प्रतिष्ठान बनाउने भन्दापनी सय शय्याको अस्पताललाई जोड दिनु पर्ने : स्वास्थ्य मन्त्री बस्नेत

धनगढी- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्वविद्यालय बन्ने सम्भावना नभएको बताएका छन् । सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठान बनाउने भन्दापनी सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् ।

त्यसका लागि हतार गर्नुपर्ने बेला नभएको उनको भनाई छ । उनले भने, पहिलो चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने र त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा बताए । ‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नुपर्छ ।

Navadurga sun
Godawari sandesh

हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ ’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्वविद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ । ’

उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए । उनले भने, ‘सुरुमा १ सय बेडको राम्रोसँग चलाउनु पर्छ त्यसपछि ३ सय बेड सुरु गरेपछि विश्वविद्यालय सञ्चालन गर्न मद्दत पुग्छ । ’उनले विश्व विद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गरे । ‘एकै वर्षमा बन्ने प्रोजेक्ट होइन । एक सय बेड चलाउन समस्या छैन अब तीन सय बेड चलाउन सक्ने अवस्थामा आए मात्र विश्व विद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा आउँछ ’ उनले थपे ।

आइतबार धनगढी पुगेका मन्त्री बस्नेतले धनगढी पुगे लगत्तै प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका थिए । ‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ’ उनले भनेका थिए ।

Dadeldhura hospital

सोमबार पत्रकार सम्मेलनमा पनि मन्त्री बस्नेतले सोही कुरामा जोड दिए । ‘गेटालाई विश्व विद्यालयको रुपमा अगाडी बढाउने र यो नेपालकै सानदार प्रोजेक्ट बनाउने हाम्रो यो सपना हो । त्यो कुरामा पुग्न हामीले पहिले अस्पताल बलियो बनाउनु पर्छ ।

अस्पताल बलियो नभए विश्वविद्यालय बलियो बन्न सक्दैन ’ उनले भने, ‘विश्व विद्यालय बनाउनु भन्दै अस्पतालको पक्षलाई इगनोर गर्नु हुँदैन । ’२०५४ साल पछि पहिलो पटक स्वास्थ्यका कर्मचारीहरूको दरबन्दी तयार गरेको भन्दै त्यस अनुसार पहिलो चरणमा अस्पतालको काम अगाडी बढाउनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । उनले अहिले स्वीकृत भएका १४१ कर्मचारीको दरबन्दीले गेटामा अस्पताल सुरु गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

उनले एमबिबिएस पढाउने वातावरण सृजना गरेर विदेश जाने अरबौँ रुपैयाँ नेपालमै राख्न सकिने बताएका थिए । गेटाको अनुगमन पछि मन्त्री बस्नेत डडेल्धुरा अस्पतालमा पनि पुगेका थिए । धनगढीमा उनले डडेल्धुरा अस्पताललाई पनि तीन सय शय्यामा लैजाने प्रक्रिया सुरु भएको बताए ।

तीन शय्याको अस्पताल सुरु गरे लगत्तै एमबिबिएस अध्ययन सुरु गर्ने उनले बताए । सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाँप बढिरहेको मन्त्री बस्नेतले बताएका थिए । सुदूरपश्चिमका केही जिल्ला भारतीय सिमा नाकासँग जोडिएकाले संक्रमण भित्रिन सक्ने भन्दै संवेदनशील हुनुपर्ने बताएका थिए ।

अहिले साना ठुला सबै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन आवश्यक रहेको मन्त्री बस्नेतले बताए । उनले अहिले दरबन्दी सृजना गरे अनुसार सुविधा विस्तार गर्न सके स्वास्थ्यमा मुलुकले फड्को मार्ने दाबी गरे । ‘ठुलो संख्यमा नयाँ दरबन्दी सृजना गरेर लिँदै छौँ । प्रदेशले पनि गरिरहेको छ । भवन र उपकरणको समस्या छ त्यो पनि हल भए धेरै राम्रो हुन्छ’ उनले भने ।

आफू आधारभूत स्वास्थ्य शिक्षा निःशुल्क अभियानमा हिँडेको भन्दै उनले कोही पनि पैसा नभएर, उपचार नपाएर मृत्यु वरण गर्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताए । उनले संघीय स्वास्थ्य मन्त्रालयले आफूले जिम्मेवारी पाएपछि स्वास्थ्यमा निकै ठुलो सुधार भएको समेत दाबी गरेका थिए । आफूले नै चिकित्सा शिक्षा ऐनलाई संशोधन गर्न पहल गरेको मन्त्री बस्नेतको दाबी थियो ।

Loading...