कञ्चनपुरमा अबैध माछा बरामद गरि नष्ट

कञ्चनपुर- कञ्चनपुरमा अबैध माछा बरामद गरि नष्ट गरिएको छ । पुनर्वास नगरपालिका-९ ख गाँउ स्थित अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १४ हजार मूल्य बराबरको माछा आईतवार नष्ट गरिएको हो ।

प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त माछालाई आबश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...