कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिकाको गणेशपुरबाट २.७३ मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँका ३८ वर्षीय दिनेश राना शनिवार राति पक्राउ परेको हुन् ।

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रानाको घरमा लागूऔषध फेला पारी पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

Loading...