सहजपुर-बोगटान सडकको अनुगमन




अत्तरिया, १९ असार- कैलालीको सहजपुरदेखि डोटीको बोगटान जोड्ने सडकको अनुगमन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी लगायतको टोलीले शनिबार सडकको अनुगमन गरेको हो ।



अनुगमन टोलीमै रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कैलालीतर्फको १८ किलोमिटर सडकको अनुगमन गरिएको बताए । जोशीका अनुसार झण्डै ४ किलोमिटरमा हाफ कालोपत्रे भएको छ । कैलालीतर्फको १८ किलोमिटर सडकका लागि झण्डै ७५ करोड बजेट लागत अनुमान गरिएको छ ।


सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो । ५० किलोमिटर सडक कालोपत्रेका लागि २ अर्व ५ करोड बढिमा ठेक्का सम्झौता भएको थियो । २०४२ सालमा शिलन्यास गरिएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शिलान्यास गरेका थिए ।



