एमाले कञ्चनपुरले वार्षिक कार्ययोजना अनुसार दुई दिने पालिका स्तरिय प्रशिक्षण कार्यक्रम

कञ्चनपुर- नेकपा (एमाले) कञ्चनपुरले वार्षिक कार्ययोजना अनुसार दुई दिने पालिका स्तरिय प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ ।

सोमबार र मंगलबार दोधारा चाँदनी नगर कमिटी स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार देखि भीमदत्त नगर कमिटी स्तरिय प्रशिक्षण सुरु भएको थियो ।

Malpot office dadeldhura

शुक्रबार पार्टीका केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, कञ्चनपुर क्षेत्र नं. ३ का पूर्व सांसद डा.दीपक प्रकाश भट्ट, प्रदेश कमिटीका उप सचिव नर बहादुर विक, पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज कृपाराम राना लगायतले बिभिन्न विषयमा प्रशिक्षण दिएको जिल्ला पार्टी कार्यालयका सचिव अर्जुन कार्कीले जानकारी दिएका छन् ।

शनिबार पार्टीका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिमका स्कुल विभाग संयोजक राजेन्द्र सिंह रावल, प्रदेश कमिटी सदस्य महेश पन्त, सल्लाहकार परिषदका सचिवालय सदस्य गोबिन्द कलौनी, जिल्ला कावा अध्यक्ष लक्ष्मी बुढा, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीलगायतले प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा नगर कमिटीका करिब ४० जना नेता-कार्यकताहरुको सहभागिता रहेको नगर कमिटीका उप सचिव नरेन्द्र कार्कीले बताए ।

मटी कञ्चनपुरले जिल्लाका ९ वटै पालिकामा दुई द्धिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्य तालिका बनाएको थियो । आगामी दिनमा अन्य पालिकाहरुमा पनि प्रशिक्षण कार्यक्रम संचालन हुने छन् । प्रशिक्षण कार्यक्रमले कार्यकर्ताहरुको राजनीतिक र बैचारिक बुझाईमा एकरुपता आउनुको साथै पार्टी कमिटी सञ्चालन, दायित्व र जिम्मेवारी बोधको साथै समसामयिक विषयहरुमा पनि जानकारी हासिल हुने बताइएको छ । समापन कार्यक्रम एमाले भिमदत्त नगर कमिटीका कार्यबाहक अध्यक्ष गणेश चन्दको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...