कञ्चनपुरमा बाथरुम जान्छु भनेकी किशोरी नफर्किएपछि……

कञ्चनपुर, १९ असार– कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १८ मा भाडामा बस्दै आएकी आमा संगै सुतेकी किशोरी अन्दाजी १४ बर्षीया बी क्षेत्री (नामपरिवर्तित) बिहिबार रातको समयमा बाथरुम जान्छु भन्दै गइन् ।

ती किशोरीलाई आमाले कता जान्छस् भन्दै प्रश्न गर्दा उनले भनिन् । ‘बाथरुम जान्छु मम्मी ।’ तर, ती किशोरी लामो समय सम्म नफर्किएपछि आमा उनको खोजिमा गईन् । उनले नजिकैको कोठामा भाडामा बस्ने एक किशोर संग शारीरिक सम्बन्ध राखेको प्रत्यक्ष देखिन् ।

Navadurga sun

स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत गर्ने अन्दाजी १५ बर्षका सी डगौरा (नाम परिवर्तित) किशोर संग छोरीलाई रक्ताम्मे अवस्थामा भेटाइन् । रक्ताम्मे सँगैको दृश्य देख्दा आमाले तुरुन्त लाठी चलाउन सुरु गरिन् । उनको मरणासन्न कुटाइबाट किशोर घाइते भए । किशोरीको आमाको कुटाइबाट डगौराको टाउको, घाटी र छातीमा चोट र किशोरीको पिठ्युँमा चोट रहेको प्रत्यक्षदर्शी बताए । ती किशोरले रातिको ३ बजे घरमा फोन संवाद गरे ।

उक्त घट्नाका बारेमा छिमेकी कोठामा बसेकाले समेत थाह पाए । सबै जम्मा भए । किशोरको अवस्था गम्भीर भएपछि कैलालीको धनगढी उपचारका लागी लगिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार सो राती अरूको उपस्थिति हुन नपाएको भए घटनाले ठूलो रुप लिने थियो । तर, घट्नामा घरमा बस्ने सबैको उपस्थितिले ठूलो रुप हुनबाट जोगिएको हो । किशोर उपचारपछि आफ्नो घर फर्किसेका छन् ।

किशोरको सिटी स्क्यान रिपोर्ट भने आउन बाँकी छ । आपसी हिमचिम र समझदारीमा सम्पर्कमा रहेका उनीहरूको सबन्धको दृश्यको अवस्थाले धेरैलाई चकित बनाएको छ । समाजमा व्याप्त समस्यालाई लिएर ती किशोरीको भविष्य कस्तो रहला भन्ने जानकारहरूले अत्यासको आभास गरेका छन् । सोही राती उक्त क्षेत्रमा पुगेका अर्का प्रत्यक्षदर्शीका अनुसार भाडामै बढाई केही रकम तिरेर उक्त अवस्था साम्यपारिएको छ ।

किशोरले कोठा खाली गरेर आफ्नो घर फर्किसकेका छन् । किशोरी र उनका आमा भने सोहि घरमा छन् । घट्नाको बारेमा प्रहरीलाई भने जानकारी नदिएको स्थानीयहले बताएका छन् । किशोरीको आमा र छोरी मात्र उनको कोठामा रहेको स्थानीयले बताए । एक महिना पहिले उक्त घरमा डेरामा बसेका ती किशोर र किशोरी बिच आपसी हिमचिम बढेपछि म्यासेजरमार्फत राति कोठामा मिलेका उनीहरू फसादमा परेको स्थानीयहरु बताउँछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...