कञ्चनपुर- कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन् । जिल्लाको भीमदत्त-५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् ।
झापाको मेची नगरपालिका- ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।