कैलालीमा जलेर एक ज्येष्ठ नागरिकको मृत्यु

Malpot office dadeldhura

धनगढी- कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं. १० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटना बारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...