अत्तरिया- कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय ( ईप्रका) मालाखेतीको हिरासत कक्षमा पुस्तकालयको स्थापना गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम हिरासत कक्ष नजीकै पुस्तकालयको स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले बताएका छन् ।
हिरासतमा रहेका व्यत्तिहरुकालागि पुस्तकालयको स्थापना गरिएको उनले बताए । पुस्तकालयमा राखीएका पुस्तकहरु थुनुवा र अन्यले पनि अध्ययन गर्न पाउने बरालले बताएका छन् ।