सैपाल ग्याँस प्रा.लि.द्वारा कैलालीको अत्तरियामा १ दिने अग्नि सुरक्षा तालिम

अत्तरिया- कैलालीको अत्तरियामा १ दिने अग्नि सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलालीको अत्तरिया सैपाल ग्याँस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

Navadurga sun

तालिम प्रशिक्षण गर्नु हुँदै प्रशिक्षक उमेश जंग राईमाझिले हामीहरुले प्रयोग गर्ने सिलिण्डरहरुको प्रयोग के कसरी गर्ने र यसको सावधान नअपनाउँदा कस्तो किसिमको घट्ना घट्न जान सक्ने भन्ने बारेमा प्रशिक्षण गर्नु भएको थियो । उनले सिलिन्डरलाई राख्दा बाहिर सूर्यको किरण पर्ने गरी राख्न नहुने यसरी राख्दा सिलिन्डरको आयुपनि घट्न जाने हुन्छ ।

सिलिन्डरलाई गुडारेर लैजानु नहुने, माथिबाट जथाभावी पनि नफाल्ने यसरी फालिएको खण्डमा सिलिन्डर चाँडो खराब हुने समस्या पनि आउन सक्ने उनले बताए । उनले भने, ‘कतै कतै सिलिन्डरलाई जाडो महिनामा पानी तताएर तातो पानी भाँडामा राखेर त्यसमा सिलिन्डर राखेर सिलिन्डर प्रयोग गरेको पाइन्छ यस्तो गर्नु पर्ने गलत हो ।’ हामिहरुले सिलिन्डर प्रयोग गर्दा हमेसा सावधानी अपनाएर गर्नुपर्ने हुन्छ । त्यसमा लागेको पाएमा दुवै तिर क्लिप छ कि छैन त्यो पनि बिचार पुर्‍याउनु पर्ने हुन्छ ।

त्यस्तै धनगढी बोद्ध चौकमा डिलर रहेको ग्याँस अधिकृत विक्रेता भेस न्यौपानेले यस्तो प्रकारको तालिमले विक्रेताहरुलाई धेरै कुराहरुको जानकारी हुन नसक्ने र उहाँहरुले सिधै कम्पनीबाट ग्याँस खरिद गर्ने र ग्राहकहरुलाई दिइदिने हुन्छ । त्यसैले ग्याँसको डिलर भैसकेपछि कतिपय कुराहरुको थाहा पाउन जरुरी हुने बताए । यस्तो प्रकारको तालिमले ग्राहक र विक्रेता दुवैलाई फाइदा हुने बताए ।

त्यस्तै लम्कीचुहा-२ गणेशपुर चोक सैपाल ग्याँस उद्योगका विक्रेता बालाराम जैशीले यस ग्याँस उद्योगले जुन यस्तो किसिमको तालिम दिएको छ यो तालिम धेरै पहिले दिइसक्नु पर्ने थियो । किन की पछिल्लो समय ग्याँसको कारणले धेरैको घरमा क्षति भइरहेको हुन्छ । प्राय व्यापार व्यवसाय गर्ने मानिसहरुलाई पनि यस कुराको ज्ञान थिएन यस तालिमबाट धेरै कुराहरु जानकारी लिन सकिएको बताए । उनले यस तालिममा आफुले जेजति कुरा सिकेको छु त्यो सबै कुरा आफ्ना आम उपभोक्ताहरुलाई सहकार्य गर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...