भारतमा आगलागीबाट कञ्चनपुरका ५ जना घाइते

धनगढी– भारतमा आगलागी हुँदा कञ्चनपुरमा ५ घाइते भएका छन् । भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्दै आएका उनीहरु घाइते भएका हुन् ।

Malpot office dadeldhura

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ हीरापुरका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएको हो । घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

२८ वर्षीय सन्देश तिरुवा, उनको श्रीमती २६ वर्षीया निकला, ३ वर्षका छोरा रोहन, ७ वर्षका रोशन र १५ वर्षका छोरी रोशनी तिरुवा जलेर घाइते भएका छन् । परिवार सहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेका छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...