धनगढी- सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भारतबाट फर्किएका ६० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जनामा नेगेटिभ देखिएको छ ।
प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार सुदूरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिएको छ । बुधवार पनि २ जनामा कोरोना संक्रमण फेला परेका थिए ।