लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई राख्न धनगढीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी

धनगढी– लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई राख्न कैलालीको धनगढीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

मदिरा र लागुऔषधको दुव्र्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो । दुई सयजना दुर्व्यसनीलाई राख्न मिल्ने क्षमताको आसरा सुधार केन्द्र केही दिनमै सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताएका छन् ।

Bhancha ghar0

प्रहरी महानिरीक्षकबाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी छ । तत्काल ५० जना दुव्र्यसनी राखेर सुधार केन्द्र सुरुवात गरिनेछ । सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई फूलबारीमा एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ । जग्गा र त्यहाँ बनेका भवन उपमहानगरले प्रदेश प्रहरीलाई २० वर्षका लागि दिने र प्रदेश प्रहरीले त्यहाँ सुधार केन्द्र सञ्चालन गर्ने सहमति दुई पक्षबिच भएको हो ।

लागुऔषधको कुलतमा फस्ने युवायुवतीको संख्या बढ्न थालेपछि प्रहरीलाई जग्गा र भवन उपलब्ध गराएर सुधार केन्द्र सञ्चालन गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ । सुधार केन्द्रमा भर्ना हुने दुव्र्यसनीलाई औषधि उपचारसँगै मनोपरामर्श र ध्यान, योगहरू गराइने प्रहरीले जनाएको छ । दुव्र्यसनीलाई चार महिनादेखि आवश्यकताअनुसार त्योभन्दा बढी समय राखिने भएको हो ।

सुधार केन्द्रमा रहँदा सम्म उपचारसँगै मानसिक रोग विशेषज्ञले उनीहरूका आनीबानीको नियमित निगरानी गर्ने र कुलतमुक्त भएपछि घर पठाइने भएको हो । खान, बस्न, उपचारलगायत सबै व्यवस्थापनका लागि भर्ना हुन न्यून शुल्क निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भरत बहादुर बोहराले लागुऔषध मुद्दामा पक्राउ परेकाहरू भने कानुनी कारबाहीको दायरामा जाने बताएका छन् । लागुऔषध मुद्दामा पक्राउ परेकाहरू कैदमुक्त भएपछि भने सुधार केन्द्रमा राख्न सकिने उनले बताएका हुन् । सुदूरपश्चिममा गत वर्ष मात्र लागुऔषध सम्बन्धी ५ सय ४० वटा मुद्दा अदालतमा दर्ता भएका छन् । ती मुद्दामा ८ सय ६० जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जस मध्ये ६६ जना महिला छन् ।

Loading...