कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका-७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका-२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना मंगलवार साँझ पक्राउ परेका हुन्।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...