


अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन लागि बोलपत्र आह्वान गरेको छ ।मोहना, मछेली, बन्द र बनरा गरी चारवटा नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको हो ।



३ करोड ९९ लाख ५ हजार ७ सय ५६ न्युनतम बोलपत्र रकम (मूल्य अभिवृद्धि) कर सहित बोलपत्र आह्वान गरिएको छ ।


ती चार वटै नदीबाट १ लाख ६६ हजार ८ सय ३१ घनमिटर नदीजन्य पदार्थ उत्खनन्का लागि सूचना जारी गरिएको हो । कृष्णपुर नगरपालिकाले नदीजनन्य पर्दाथ उत्खननका लागि आइतबार चौथो पटक सूचना जारी गरेको हो ।
कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन लागि बोलपत्र आह्वान सूचना





