डिआईजी कडेल र एसपी अधिकारीलाई कैलाली उद्योग बाणिज्य संघले स्वागत गर्यो





अत्तरिया, १८ असार- कैलाली उद्योग बाणिज्य संघ कैलालीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआईजी) पुरुषोत्तम कडेल र कैलाली जिल्लाका प्रहरी प्रमुख (एसपी) विश्व अधिकारीसँग भेटघाट कार्यक्रम गरेको छ ।



कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको सभापतित्वमा भएको कार्यक्रममा डिआईजी कडेल, एसपी अधिकारी, सशस्त्र प्रहरी गणका प्रमुख राजेन्द्र बाबु रेग्मी लगायतको सहभागि रहेको थियो ।


उक्त स्वागत कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक जनकराज पाण्डेलाई सुदूरपश्चिमका पर्यटकीय क्षेत्रका तस्वीर हस्तान्तरण गरिएको थियो ।



