डा. गोविन्द केसीले धनगढीमा अनशन सुरु

अत्तरिया- विवाद पछि गेटामा अनशन नबसेरै फर्किएका प्रा.डा. गोविन्द केसीले धनगढीमा अनशन सुरु गरेका छन ।

Bhancha ghar0

पुर्व निर्धारित कार्यक्रम अनुुसार शुक्रबार बेलुकी ५ बजे देखि ३ दिन गेटामा अनशनमा बस्ने घोषणा गरेका डा. केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग वादविवाद गर्दै अनशन नगरी फर्केका थिए ।

गेटाबाट फर्किएका डा. केसीले धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन । डा. केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनु पर्ने माग राखिएको थियो ।

डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घस समितिले स्पष्टीकरण मागे पछि केसी रिसाएर फर्किएका थिए ।

Loading...