भीमदत्तका मेयर र वडाध्यक्ष बीच रोयल्टी संकलनको विषयमा विवाद

कञ्चनपुर– कञ्चनपुरको महाकाली नदीबाट रोयल्टी संकलनको विषयलाई लिएर मेयर र वडाअध्यक्ष बीच विवाद भएको छ ।

नदीमा ढिलो गरी खुलेको रोयल्टी संकलन कार्यको पहिलो दिनमै भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र भीमदत्त-११ का वडाध्यक्ष प्रकाश थापा बीच विवाद भएको हो । पहिलो दिन अवलोकनका लागि भुजेलाघाट पुगेका मेयर र वडाध्यक्षबीच विवाद भएको हो । उनीहरू बिच एक आपसमा चर्चाचर्की नै चलेको थियो ।

असोज १ गते खुल्नुपर्ने महाकाली घाट मंसिर २७ गते मात्र अर्थात झण्डै तीन महिनापछि खुलेको हो । नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर भीमदत्त नगरपालिकाकै जनप्रतिनिधि बिच एकआपसमा विवाद भएपछि भुजेलाघाटबाट ठूला सवारीसाधनबाट नभई ट्याक्टर मात्रै नदीमा हाल्न दिइएको हो । भुजेलाघाट पुगेका मेयर बोगटीसँग वडाध्यक्ष थापा उत्खनन् क्षेत्रको विषयलाई लिएर कडा रूपमा प्रस्तुत भएका थिए ।

Bhancha ghar0

वडाध्यक्ष थापाले नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने स्थानको सीमाङकन हुनुपर्ने, जिल्ला समन्वय समितिबाट अनुमति ल्याउनुपर्ने, ठूला सवारी साधन नदीमा हाल्न नपाइने भनेपछि मेयर बोगटी बिच चर्काचर्की भएको थियो ।

वडाध्यक्ष थापाले आफूले मेयरसँग मापदण्ड अनुरुप उत्खनन् गर्नुपर्ने त्यसका लागि प्राविधिक टोली ल्याएर सीमांकन गर्नुपर्ने माग अघि सारेको बताए । मेयर बोगटीले ढिलो गरी महाकाली नदी ठेक्का लागेकाले पालिकाको कामकाज अघि बढेकाले विवाद नगर्न वडाध्यक्ष थापासँग अनुरोध गरेका थिए।गत वर्ष अमानतबाट राजश्व संकलन गरिएको थियो ।

विगतका दुई आर्थिक वर्ष महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेर पूर्वजनप्रतिनिधि र कर्मचारी विरुद्धमा मुद्दा परेको थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा भीमदत्त नगरपालिकाले अमादी र दोधारा-चाँदनी नगरपालिकाले ठेक्का लगाएको थियो । चालू वर्षमा दुवै नगरपालिका बिच रोयल्टी ५६/४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो ।

टाइगर सगरमाथा जेभी काठमाडौंले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी संकलनको ठेक्का पाएको छ। नगरपालिकाले मापदण्ड विना घाट खुलाएपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले ठूलो सवारी साधनलाई महाकालीमा जान दिएका छनैन् ।

वडा अध्यक्ष थापाले स्थानीयको गुनासोका आधारमा मेयर बोगटी सित मापदण्ड बनाएर घाट सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । काठमाण्डौंको यो फर्मका नाममा जिल्लाका ठेकेदारले ठेक्का लिएका छन् । मंगलबार ठेक्का सम्झौता भएपछि भीमदत्त नगरपालिकाले घाट खुल्ने घोषणा गरेको थियो ।

Loading...