Satyawati
Division ban Pahalmanpur

एलपिएल : शुक्लाफाँटा ब्ल्याक बक्स र धनगढी क्रिकेट एकेडेमी विजयी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी– कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्‍यो । मंगलबार सम्पन्न पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्‍यो ।

समूह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफाँटाले समूह ’ए’ बाट सेमिफाइनल सम्भावना जीवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफाँटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमिफाइनल पुग्नेछ ।

शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो । कैलालीका नरेन साउदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २/२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो । शुक्लाफाँटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए ।

Malpot office dadeldhura

प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए । कैलाली क्रिकेट क्लबको लागि विनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए ।

दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित गर्‍यो । १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो । धनगढी र शारदा दुवै टिम सेमिफाइनल रेसबाट बाहिर भैसकेका छन् । लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १६ रन खर्चिए । विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए ।

११५ रनमा ७ विकेट गुमेको अवस्थामामा र युवराजले अविजित ५५ रनको साझेदारी गरे । प्रतियोगिता अन्तर्गत बुधवार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स-११ सुपर स्टार्स बिच तथा दोस्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पस बिच हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने तिन टिमको टुङ्गो लागिसकेको छ । समूह ’बि’ बाट यूथ अफ टिकापुर, समूह ’सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ’डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन्।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...