पिएम कप महिला सुदूरपश्चिम प्रदेशस्तरीय छनौट शुरू

अत्तरिया- प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आइतबार देखि शुरू भएको छ ।

कैलालीको तेघरी स्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदानमा शुरू प्रतियोगिताको एक समारोहका बीच उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले गरेका हुन् ।

Navadurga sun

यस्तै उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद, विक्रम विष्ट, क्रिकेट संघका प्रदेश अध्यक्ष बासुदेव जोशी, उपाध्यक्ष रमेश बोहरा, सचिव लक्ष्मण भट्ट लगायतको उपस्थिति रहेको थियोे ।

त्यसपश्चात भएको उद्घाटन खेलमा कैलाली माथि ४ विकेटको जित निकाल्दै कञ्चनपुरले सुखद सुरुवात गरेको छ । जितका लागि पाएको १२५ रनको लक्ष्य कञ्चनपुरले ६ विकेटको क्षतिमा भेट्टायो ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ ।

काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...