गोदावरीमा जारी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जारी अभियानको बारेमा अन्तरक्रिया र समीक्षा गर्दै समापन गरेको हो ।

समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख शारदा देवी रोकायाले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने बताईन् । उनले अहिलेको सताब्दीमा आएर महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताईन् ।

Navadurga sun

महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने भन्दै उनले हिंसा सहन पनि नहुने र गर्न पनि नहुने बताईन् । महिला, बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले १६ दिनसम्म विभिन्न गैरसरकारी संघ सँस्थाहरुसंग समन्वय गरी नगरपालिकाका विभिन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री सम्प्रेषण गरीएको बताईन् ।

समापन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रतिनिधी, विभीन्न संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...