क्यामेरा ट्रयापिंङ विधिबाट शुक्लाफाँटामा बाघको गणना हुँदै

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ तथा आहारा प्रजातीको अनुगमन सुरु गरिएको छ । निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना गरिन लागेको हो ।

नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ । २०२२ मा गरिएको राष्ट्रिय गणनामा यहाँ बयस्क बाघका संख्या ३६ पुगेको छ । राष्ट्रिय गणना सँगै २०२१ देखि निकुञ्जले स्थानीयस्तरमा पनि हरेक वर्ष गणना गर्दै आएको छ । कम घनत्व भएका र चोरी शिकारको जोखिम भएका संरक्षित क्षेत्रमा बाघको नियमित अनुगमन गर्ने कार्यक्रम अन्तगत शुक्लाफाँटामा पनि वर्षेनी गणना गरिँदै आएको छ ।

Navadurga sun

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई २र२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिडने बाटो पहिचान गरि एकरएक जोडी स्वचालित क्यामेरा जडान गरिने छ । १५ दिनसम्म जडान गरिएको क्यामेरका नियमित अनुगमन तथा रेखदेख गरिनेछ । १५ दिनपछि क्यामेराहरु निकालेर तस्बिरहरुको विश्लेषण गरिनेछ । बाघको अनुगमनका लागि जडान गरिएको क्यामेरको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन् ।

स्वचालित क्यामेराले बाघको तस्विर संकलन गर्ने विधिबाट अभ्यास समेत गरिएको थियो । ‘हरेक ग्रिडमा बाघ हिडने क्षेत्र पहिचान गरि क्यामेरा जडान गरिन्छ, पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिन्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘सोही क्षेत्रमा १५ दिनसम्म क्यामेरा जडान गरेर नियमित अनुगमन गरिन्छ ।’ उनका अनुसार बाघको उचाइ र खुट्टा सम्मको तस्बिर लिन सक्ने गरी ७०/८० सेन्टिमिटरको उचाइमा क्यामेरा जडान गरिन्छ । अनुगमनका लागि प्राविधिकसँगै हात्ती समेत परिचालन गरिनेछ । निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, हिमालय नेचर लगायतका प्राविधिकहरु अनुगमनमा खटिनेछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...