अत्तरिया उधोग वाणिज्य संघका मनोनित कार्यसमिति सदस्यहरुले लिए सपथ

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघका मनोनित सदस्यहरुले सपथग्रहण गरेका छन् । संघको सदस्यमा मनोनित भएका यसोदा भट्ट चोखाल, तेज कार्की र रमेश बोगटीले आज ( शुक्रबार ) अत्तरियास्थीत संघको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

Bhancha ghar0

मनोनित सदस्यहरुलाई संघका अध्यक्ष कल्याण सिंह बोहराले सपथग्रहण गराएका हुन् । अत्तरिया उधोग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । चोखाललाई समितिले निर्वाचित भएलगत्तै मनोनित गरेको थियो भने कार्की र बोगटीलाई मंसिर ५ गतेको वैठकले कार्यसमिति सदस्य पदमा मनोनित गरेको थियो ।

संघको विधानमा निर्वाचित समितिले एक महिला सहित तीनजनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न सकिने उल्लेख छ ।

Loading...