नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर उकालोतिर
पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त, ३३ जनाको मृत्यु





काठमाडौं, १७ असार- नेपालमा कोरोना भाइरस संक्रमण दर निरन्तर उकालोतिर लागिरहेको छ । आज देशभर कोरोना भाइरसबाट २ हजार ७ सय ६० जना संक्रमित भएका छन् भने ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



देशभरका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनबाट गएको २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म ६ लाख १ सय ४९ जना निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



