एलपीएल टी-२० क्रिकेट : युथ अफ टिकापुर र सत्यवती एकेडेमी बिजयी

धनगढी- कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) टी—२० क्रिकेट प्रतियोगिताको पाँचौ दिन बिहीबार सम्पन्न २ खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्।

युथ अफ टिकापुरले शारदा सेकेन्डरी स्कुललाई र सत्यवती एकेडेमीले जेएस स्पोर्टस-११ सुपर स्टार्सलाई पराजित गरेको हो । पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुआत गर्ने क्रममा शारदा सेकेन्डरी स्कुललाई ९४ रनले पराजित गर्‍यो ।

Navadurga sun
Godawari sandesh

युथ अफ टिकापुरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । शारदाका लागि सुशान्त खत्रीले सर्वाधिक ३७ र सुवाष सिंहले १६ रन बनाए ।

युथ अफ टिकापुरका बलर प्रकाश जैसीले तीन विकेट लिए । मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले पनि एक—एक विकेट हात पारे । त्यस अघि टस जितेर ब्याटिङ गरेको युथ अफ टिकापुरले १७.५ ओभरमा अलआउट हुनु अघि १ सय ८९ रन बनाएको थियो ।

युथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए । प्लेयर अफ दी म्याच घोषित शाहले ३७ बलको सामना गरी सात चौका पनि प्रहार गरे । सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ र मोहम्मद हुसेनले २३ रन बनाए । शारदाका बलर विश्वास पन्त एक्लैले ६ विकेट लिए । उनले ३.५ ओभरमा ३१ रन खर्चिएका थिए । अभिषेक मल्लले दुई र सुशान्त कार्कीले एक विकेट हात पारे ।

Dadeldhura hospital

दोस्रो खेलमा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ लाई तीन विकेटले पराजित गर्‍यो । जेएस स्पोर्टस-११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२.५ ओभरमै सात विकेट गुमाएर पुरा गर्‍यो । सत्यवतीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान गरे । उनले २४ बलमा १ छक्का र ५ चौका पनि प्रहार गरे । समिर कार्कीले १३ र खगेन्द्र जोशी ११ रन बनाए ।

जेएस स्पोर्टस-११ का बलर राज बमले तीन विकेट लिए । नितिश न्यौपानेले दुई र साजन बिटालुले एक विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको जेएस स्पोर्टस-११ सुपर स्टार्सले २० ओभरमा नौ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

जेएस स्पोर्टस-११ का राजेश साउदले सर्वाधिक १९ रन बनाए । सुनिल चन्दले १७, रोयल बमले ११ र साजन बिटालुले ११ रन जोडे । सत्यवती एकेडेमीका बलर अभिषेक कोइरालाले तीन विकेट लिए । फर्दोश अन्सारी, रंजित कुमार र सन्तोष कार्कीले पनि दुई—दुई विकेट हात पारे । प्लेयर अफ दी म्याच घोषित भएका अभिषेकले चार ओभरमा १५ रन खर्चिएका थिए ।

प्रतियोगिताको छैटौँ दिन शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र धनगढी क्रिकेट एकेडेमी बिच तथा दोश्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्टस क्लब र शुक्लाफांटा ब्ल्याकबक्स बिच हुनेछ । लिटल फ्लावर स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगिताको यो आठौँ संस्करण हो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।

Loading...