कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ लिटिल बुद्ध स्कुल नजिकबाट ०.४२ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित भीमदत्त–३ बस्ने ३१ वर्षीय संजय थापासहित तीन जना मंगलवार साँझ पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको जनाएको छ।

Navadurga sun

उनीहरुले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकलसहित तीनै जनालाई संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...