


अत्तरिया- समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।


२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबै भन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।



नगर प्रमुख ओझा भन्छन् पेशा प्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।
सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगर प्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगर प्रमुख बताउँछन्

२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् ।
नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही १/१ लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही ५०/५० हजार नगरपालिकाले प्रदान गर्नेछ ।
कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानपत्र र दोसल्ला सहित नगर प्रमुख ओझाले बिदाई गरेका हुन ।

कार्यक्रममा नगर उपप्रमुख दोपती राना, वडा नं.५ का अध्यक्ष टेक पाण्डेय, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन पूर्ब नगरपालिकाको प्राङ्गणमा जम्मा भएका नगरभरीका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालय देखि गुलरिया चौराह र गुलरीया चौराह देखी नगरपालिका सम्म जनचेतना मूलक र्याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित र्यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्व बारे नारा प्रस्तुत गरेका थिए ।





