गोदावरी नगरपालिकाले २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनायो

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । दिवसको अवसरमा शाखाले ४ जना अवकास प्राप्त स्वयंसेविका ५० हजार रुपैँया हस्तान्तरण गर्दै सम्मान समेत गरेको छ ।

त्यस्तै उत्कृष्ट कार्य गर्ने प्रत्येक वडाका ३ जना स्वयंसेविकालाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाले भुमिका महत्वपूणर् भएको बताएको हुन् । उनले स्वयंसेविकाले निस्र्वाथ भावले काम गरि रहेको भन्दै नगरपालिकाको एक मात्र अस्पतालको रुपमा रहेको मालाखेतीको स्तरोन्नतीको लागि निरन्तर लागि रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

“मालाखेती अस्पताल गोदावरी नगरपालिका भित्रको एकमात्रै अस्पताल हो उनले भने यस्को स्तरोन्नतीका लागि निरन्तर लागिरहेका छौँ । स्त्रीरोग विशेषज्ञ डाक्टर अन्वेषण कोइरालाको सरुवा भईसकेको छ, उहाँ गएपछी सेवा प्रभावित नहुने गरी अर्को स्त्रीरोग विशेषज्ञ डाक्टर ल्याउने प्रयास गरिरहेका छौँ ।”

अस्पतालमा कहिलेकाहिँ अपवादको रुपमा हुने घटनालाई लिएर आक्रोशित हुन नहुने भन्दै उनले स्वास्थ्य क्षेत्रका व्यत्तिको मनोबल बढाउनु पर्ने बताए । त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नगर उप प्रमुख शारदा देवी रोकायाले स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा स्वयंसेविकाको खटाई सम्मानयोग्य रहेको बताईन् ।

कुनै कुराको आसा नगरी रात दिन नभनी स्वयंसेविकाहरु सेवामा निस्वार्थ भावले खटीरहेको उनले बताईन् । नगरस्तरीय स्वयंसेविका समुहकी अध्यक्ष जानकी मलासीले अवकास पश्चात स्वयंसेविकालाई नगरपालिकाले प्रदान गर्दै आएको रकम वृद्धी गर्नु पर्ने बताईन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कैलालीका १३ ओटा स्थानीय तहमध्य गोदावरी नगरपालिका स्वास्थ्य सुचकांकको आधारमा दोस्रोमा पर्न सफल भएको बताए । गोदावरी नगरपालिकाका १२ ओटा वडामा १ सय ५ जना स्वयंसेविका छन् ।

Loading...