धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकताका साथ लिएको बताएको छ । चौपाया व्यवस्थापन गर्न संरचना बनाउने उनीहरूको आहार बिहारको लागि बजेट समेत विनियोजन भएको बताएको छ ।
प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री रामेश्वर चौधरीले छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट खर्चिने बताएका छन् ।
आफू साउन १७ गते मन्त्रीको पदभार गरेलगत्तै पहिलो निर्णय नै छाडा चौपाया व्यवस्थापन गर्ने निर्णय गरेको सुनाउँदै उनले व्यवस्थापनको क्रममा चौपाया राख्न संरचना निर्माण, मल उत्पादन गर्नेलगायतको लागि ३ करोड २० बजेट विनियोजन गरेको बताए ।
यस्तै, कैलाली र कञ्चनपुर जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत २ करोडका दरले बजेट पनि छाडा चौपाया व्यवस्थापनमा खर्चिने मन्त्री चौधरीको भनाइ छ ।
जसको लागि सम्बन्धित पालिकाले चौपाया व्यवस्थापन गर्न साझेदारी गर्नु पर्ने भएको छ ।सम्बन्धित पालिकाले चौपाया व्यवस्थापनको लागि प्रस्ताव ल्याएको अवस्थामा साझेदारीमा काम गर्ने बताइएको छ ।