Satyawati
Division ban Pahalmanpur

एलपिएल आठौं संस्करण दोस्रो दिन : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्यो ।

सोमबारको पहिलो खेलमा समुह ’बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्यो । फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।

धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए । अनिश अवस्थी र मान साउदले २/२ विकेट लिए । कैलालीको ब्याटिंगमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस अघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो । धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए जुन क्रममा ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे। निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २/२ विकेट लिए ।

Malpot office dadeldhura

सोमबारको दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो । धनगढी स्पोर्ट्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्लाले १५.२ ओभरमा ९४ रनमा सबै विकेट गुमायो ।

कैलालीको ब्याटिंगमा दिपक टमाटाले सर्वाधिक ३३ रन तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए । बलिंगमा भोज राज भट्ट र दिपक चन्द ठकुरीले ३/३ विकेट लिए भने नारायण जोशीले २ विकेट लिए । दिपकले ४ ओभरमा १ मेडन गर्दै १० रन तथा भोजले ३ ओभरमा २० रन खर्चिए । प्लेयर अफ द म्याच घोषित नारायणले ३.२ ओभरमा १२ रन खर्चिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो । धनगढीको लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले २५ बलमा ३५ रन बनाउने क्रममा ३ चौका र २ छक्का तथा आयुब चन्दले २९ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । ओपनिंग गरेका सुनिल धमलाले २५ रन बनाए ।

कैलाली जिल्ला क्रिकेट संघको बलिंगमा नरेन साउदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले १/१ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोलि मंगलबार दुई खेल संचालन हुनेछन् । पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमाञ्चल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याक बक्स र खप्तड इन्डोर बीच हुनेछ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...