अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

अत्तरिया, १७ असार– अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरि विवाद गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ । उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको पिडीतको गुनासोका आधारमा प्रहरीले उनलाई बुधवार राति नै नियन्त्रणमा लिएको जनाईएको छ ।

Navadurga sun
Godawari sandesh

अहिले जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई राखेर विवाद समाधानबारे छलफलको तयारी भइरहेको अछाम प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्ष खनाल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

Couple
Loading...