कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीको अत्तरियामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट सोहि नगरपालिका–३ का २९ वर्षीय प्रहलाद खत्री र १ का २५ वर्षीय बिकाश कट्टेल लागुऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट पाँच ग्राम दुई सय पचास मिली ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...