कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेतकोट नगरपालिका-६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन्।

शनिबार राति भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट १ ग्राम ८३ मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका(१० सिसैया का २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...