संकल्प यात्राको जनसहभागिताले एमालेको आत्मविश्वास बढ्यो : केपी ओली

अछाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफ्नो शासनकालमा देशको अर्थतन्त्र सबल बनाएको दाबी गरेका छन् । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमअन्तर्गत शनिबार बिहान अछामको चौखट्टामा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबल बन्दै गएको अर्थतन्त्र अहिले पछाडि फकिएकोप्रति चिन्ता व्यक्त गरे । ‘त्यही चिन्ता जाहेर गर्न हामी यो अभियानमा जुटेका छौं,’ ओलीले भने ।

एमालेले सुरु गरेको अभियानमा नागरिक सहभागिता देखेर आफूहरू उत्साहित भएको ओलीले बताए । ओलीले एमालेको अभियानमा सहभागिता जनाउने नागरिकप्रति आभार व्यक्त गरे । देशको उन्नति र प्रगतिमा एमालेको सधैं साथ रहने ओलीले प्रतिबद्धता पनि व्यक्त गरे ।

Navadurga sun

‘यहाँहरूसँग हाम्रो जसरी भेटघाट भएको छ, यस भेटघाटले हामी उत्साहित छौं, हाम्रो आत्मविश्वास बढेको छ, साँच्चै यहाँहरूको जागरणले पुष्टि गर्दछ, नेपाललाई हामी अब समृद्ध बनाउन सक्दछौं, नेपाली जनतालाई सुखी बनाउन सक्दछौं,’ ओलीले भने ।

कार्यक्रममा बोल्दै उनले नेकपा एमाले सरकारमा हुँदा नयाँ काम सुरुवात गरेको स्मरण गराए । महिनावारीका कारण विद्यालय जान नसक्ने छोरीहरूलाई एमाले सरकारकै पालामा सेनिटरी प्याड व्यवस्था गरेको उनले स्मरण गराए । एमालेले यस्ता धेरै नयाँ र विकासका काम गरेको ओलीले बताए ।

विभिन्न रणनीतिक महत्त्वका सडक, अस्पताल, पुल, विद्यालय लगायतका कैयौ संरचना एमालेको पालामा बनेको उदाहरण उनले प्रस्तुत गरे । एमालेले साढे ३ वर्षको अवधिमा थुप्रै विकास कामहरू अभियानका रूपमा सञ्चालन गरेको ओलीले जानकारी दिए ।

संकल्प यात्रा विकासबाट पछाडि परेको मध्यपहाडी भेगका जनता र विकास अवस्था हेर्न आयोजना गरिएको उनले बताए । जनताहरूसँग प्रत्यक्ष संवाद गरी विकासको सम्भावना खोजी गर्न यात्रा आयोजना गरिएको ओलीले बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...