आजदेखि आन्तरिक उडान नियमित हुँदै

काठमाडौं, १७ असार– कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान आजदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।

Navadurga sun
Godawari sandesh

हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य समेत गरिएको छ ।

Couple
Loading...