माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको दोश्रो बिस्तारित बैठक सम्पन्न

अत्तरिया- माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको सुदूरपश्चिम प्रदेश समितिको दोश्रो बिस्तारित बैठक सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा शुक्रबार दोश्रो बिस्तारित बैठक सम्पन्न भएको हो ।

Dadeldhura hospital

उक्त कार्यक्रममा ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश प्रमुख भरत न्यौपानेको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष जगत सिम्खडा रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै बिशिष्ट अतिथिमा ट्रेड युनियन महासंघका बरिष्ठ उपाध्यक्ष क.धन बहादुर बिक र नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र प्रसाद लम्साल रहेका थिए । त्यस्तै अतिथिहरुमा ट्रेड युनियनका केन्द्रिय सदस्य जगदिश सेठी, केन्द्रीय सदस्यहरु कुसुम परि, गगन बोहरा, पदम राज जोशी लगायतको उपस्थिति रहेको थियो ।

बैठकबाट प्रदेश समितिको ७ सदस्यको टिम बनाएको छ । जाजरकोट र रुकुम पश्चीममा भुकम्प पिडितलाई सहयोग गर्ने निणर्य पनि पारित भएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ मजदुरहरुको सँगठन भएको हुँदा मजदुर माथि हुने शोषणको बिरुद्ध हुने बताइएको छ । कार्यक्रमको संचालन ट्रेड युनियन महासंघका प्रदेश समिति बरिष्ठ उपाध्यक्ष हरि प्रसाद शर्माले गरेका थिए ।

Loading...