संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ : ओली

बैतडी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्ने दाबी गरेका छन्। आज बिहान बैतडीको झुलाघाटमा‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनको गर्दै उनले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राखेका हुन्।

‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्री र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’ उनले भने,‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’ पूर्वप्रधानमन्त्री ओलीले यात्रामा जनताको साथ र उत्साह रहने विश्वास व्यक्त गरे।

Bhancha ghar0

कार्यक्रममा महासचिव शंकर पोख्रेलले मध्यपहाडि लोकमार्गका जनतासँग साक्षात्कार गर्ने उल्लेख गरे। उनले नेपालको मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले लागि पर्ने बताए। उनले भने, ‘मध्यपहाडि क्षेत्रको एमालेले अध्ययन गर्ने छ। समृद्धि र विकासको खाँका तयार बनाउनेछ।’

यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ।

मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

Loading...