धनगढी- कैलालीमा आधी शरीर कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालय नजिक मट्यारीमा अन्दाजी ३२/३३ बर्सिया महिलाको शव फेला परेका वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिए ।




उनका अनुसार बिद्यार्थीहरु शौचका लागी झाडीमा जाने क्रममा शव देखेका हुन् । महिलाको शरीरको तल्लो भागमा किरा परेका छन् । घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ ।


घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।




