धनगढी– सेती प्रादेशिक अस्पतालले अब देखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ ।


सेतीले सोमवार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धि निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) निःशुल्क गरिने जनाएको हो ।



प्रदेश तथा सङ्घीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ-‘अस्पतालको सामाजिक सेवा एकाइ ९ कोठा नम्बर २४० बाट मंसिर ५ गते देखि निःशुल्क जाँच गरिने छ ।’
सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा सहङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ । यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट १ हजार शुल्क लिदै आएको थियो ।





