
कञ्चनपुर- कञ्चनपुरसँग सीमा जोडिएको बन बासामा एक महिला मृत फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार बिहान ९ बजेको समयमा भारतको चम्फावत बन बासा गडिगोठको पुल नहर छेउमा महिला मृत अवस्थामा फेला परेकी हुन्। मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।


हाल मृतक महिलाको शव पोष्ट मार्टमको लागी टनकपुर अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुर प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भएमा या कसैले मृतक महिलाको पहिचान गरेमा आफन्तलाई जानकारी गराउन अनुरोध गरेको छ।





